PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

गुणस्तरहीन खानेकुराका कारण विश्वमा बर्सेनि चार लाखको मृत्यु



पहिलोपोस्ट

काठमाडौँ : प्रदूषित खानेकुराका कारण विश्वमा बर्सेनि चार लाख मानिसको ज्यान जाने गरेको छ। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको ‘नवौँ खाद्य स्वच्छता दिवस–२०७३’का अवसरमा गुणस्तरहीन खानेकुराका कारण अकालमा ज्यान जानेको सङ्ख्या धेरै रहेको बताइएको हो। 

दक्षिण एसियाली मुलुकमा मात्र बर्सेनि १५ करोड मानिस बिरामी पर्नुका साथै एक लाख ७५ हजारले ज्यान गुमाउने गरेको बताइएको छ। जस्मा छ करोड बालबालिका बिरामी पर्ने र तीमध्ये ५० हजारको मृत्यु हुने गरेको छ। 

कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले अनावश्यक रासायनिक वस्तु प्रयोगका कारण धेरै खाद्य वस्तुको गुणस्तरमा कमी हुने र बिरामी पर्ने गरेको बताए। उनले सम्पूर्ण नेपालीलाई स्वच्छ खानेकुरा खुवाउनका लागि आफ्नो मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे। 

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले सबै नेपालीले स्वच्छ खाना प्रयोग गरुन् भन्ने उद्देश्यका साथ विभागले वर्षको एक दिन कार्यक्रम गर्दै आएकामा यस वर्षदेखि फागुन महिनाभरि मनाउन लागेको बताए। 

यस्तै विभागले राजमार्ग वरपर रहेका होटलको खाद्य परीक्षण, फुटपाथका खाद्य वस्तुको परीक्षण, दूध तथा पानीको स्वच्छता मापन गरी आवश्यक निर्देशन दिनुका साथै स्वच्छ खाना खाएर स्वस्थ व्यक्ति आग्रहसमेत गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell