काठमाडौं : सिप्रदियन सहायता संस्थाले नेपालका राष्ट्रिय खेलाडी सुनिल धमला र आरिफ शेखलाई क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ।
बिहीवार आयोजित कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष एवम् सिप्रदि ट्रेडिङ्ग प्रालिका निर्देशक शम्भु प्रसाद दाहाल र कम्पनीका उपाध्यक्ष शौरभ राज थपलीयाले खेलाडीलाई एक/एक थान ब्याट, प्याड, हेल्मेट र अन्य आवश्यक सामाग्री संयूक्तरुपमा प्रदान गरेका छन्।
उक्त संस्थाले यी दुई खेलाडीहरुलाई विगत छ महिनादेखि प्रायोजन गर्दै आएको छ।
दुवै खेलाडी आइसिसी वर्ल्ड क्रिकेट लिग च्यामि्पयनसिपअन्तर्गत केन्याविरुद्ध हुने खेलका लागि १४ सदस्यीय टोलीमा समावेश छन्।
सन् २०१२ मा सिप्रदि ट्रेडिङद्वारा स्थापित सिप्रदियन सहायता संस्थाले शैक्षिक क्षेत्र, प्राकृतिक विपत्ति र प्रकोपका लागी आपत्कालीन राहत र पुर्नःस्थापनाका कार्यक्रमहरु सञ्चालन समेत गर्दै आएको छ।