PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

जाजरकोटमा ६० जना चढेको बस दुर्घटना, १४ जनाको मृत्यु



पहिलोपोस्ट

जाजरकोटमा ६० जना चढेको बस दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं : जाजरकोटको पासाघाट भन्ने ठाउँमा बिहीबार दिउँसो  ४ वजे  लु ३ ख २२७९ नम्बरको बस दुर्घटना भएको छ । करिव ६० जना यात्रु सवार बस दुर्घटना भएको जिल्ला प्रशासन कार्यलय जाजरकोटका प्रमुख कृष्णाचन्द्र पौडेलले जानकारी दिए।

सई सुमन खरेलका अनुसार १४ जनाको शव फेला परिसकेको र ४२ जनालाई अस्पताल भर्ना गरिएको छ। 

जाजरकोटबाट पश्चिम खारा भन्ने स्थानमा जाँदै गरेको बस सडकबाट दुई सय मिटर तल नदी नजिकै खसेको थियो। सो क्षेत्रमा अहिले पानी परिरहेको छ। 

मृतकमध्ये जाजरकोटका स्थानीय नवीन चन्द र रामबहादुर बस्नेतको मात्र सनाखत भएको छ। 

बसको गति तीव्र रहेको र दुर्घटना भएको ठाउँमा मोड रहेको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको डिएसपी भावेश रिमालले बताए। 

घटनास्थलमा नेपाल प्रहरी, सेना र स्थानीय बासिन्दा उद्दारमा जुटेका छन्। गम्भीर घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने पहल भइरहेको छ। 






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell