
कुश्मा : प्रथम दिदीबहिनी कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ।
नवौँ पश्चिमाञ्चल महोत्सबअन्तर्गत बिहीबार पर्वतको कुस्मामा भएको लिग चरणको खेल समाप्तीपछि समुह ए बाट एपीएफ र नेपाल पुलिस तथा समुह बी बाट न्यूडायमण्ड र त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन्।
एपीएफ समुह विजेता र पुलिस उपविजेता तथा समूह बी बाट न्यूडायमण्ड विजेता र आर्मी उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।
अब सेमिफाइनमा एपीएफले आर्मी तथा न्यूडायमण्डले पुलिससँग प्रतिस्पर्धा गर्नेछन्।
समूह ए मा दुवै खेल जितेको एपीएफ ६ अंक बटुल्दै विजेता बन्यो। एपीएफसँग हारेको पुलिस आयोजक दिदीबहिनीलाई पराजित गर्दै ३ अंक जोड्न सफल भयो।
बिहिबार एपीएफले दिदिबहिनीमाथी २५–४, २५–६ र २५–६ को सोझो सेटमा जित निकाल्यो। पुलिसले पनि रेडियो दिदीबहिनीलाई २५–१२, २५–१४ र २५–१२ को सोझो सेटमा हरयो।
समुह बी अन्तर्गत न्यूडायमण्डले पहिलो खेलमा पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई २५–९, २५–१३ र २५–८ ले हरायो भने दोस्रो खेलमा आर्मीमाथी २५–१४, २५–१२ र २५–२१ को सेटमा जित निकाल्यो।
न्यूडायमण्डसँग हारेपनि आर्मीले पाँच सेटसम्म चलेको रोमाञ्चक खेलमा पश्चिमाञ्चललाई ३–२ को सेटमा पराजित गर्दै समूह ख को उपविजेता बन्यो। प्रतिस्पर्धात्मक खेलमा आर्मीले पश्चिमाञ्चविरुद्ध २४–२६, २५–२०, २५–२२, २३–२५ र १५–११ ले जित हासिल गर्यो।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल शुक्रबार हुनेछ। विजेताले एक लाख हात पार्नेछन् भने उपविजेताले ६० तथा तेस्रो हुनेले ३० हजार प्राप्त गर्नेछन्।