PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

नवयुग श्रेष्ठ राष्ट्रिय टीमबाट बाहिर, फिलिपिन्ससँगको खेल गुमाउने



पहिलोपोस्ट

नवयुग श्रेष्ठ राष्ट्रिय टीमबाट बाहिर, फिलिपिन्ससँगको खेल गुमाउने

काठमाडौं : चोटका कारण पूर्ण रुपमा फिट नरहेका नेपाली राष्ट्रिय फुटबल टीमका फरवार्ड नवयुग श्रेष्ठ मार्च २८ चैत १५ मा फिलिपिन्सविरुद्ध हुने एसियन कप छनोट खेलका लागि टीममा नहुने भएका छन्।

नेपाललाई पछिल्लो तीन अन्तर्राष्ट्रिय उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका नवयुग फिलिपिन्सविरुद्ध हुने खेलका लागि भने नेपाली टोलीमा हुने छैनन्।

बायाँ खुट्टाको हड्डी फ्याक्चर भएपछि आराम गरिरहेका नवयुग उक्त खेलसम्म पूर्ण निको नहुने भएका हुन्।

'दुई हप्तासम्म घुँडामा ब्रेस लगाएको थिएँ तर त्यो निकालेपछि पनि पूर्ण रुपमा फिट नभएकोले फिलिपिनसविरुद्ध खेल्न असमर्थ भएको हुँ।' नवयुगले पहिलोपोष्टसँग भने।

आफू टीममा नपरे पनि मनिलामा नेपाली टीमलाई एकदम मिस गर्ने नवयुगले बताए। 'नेपाली टीमलाई गुड लक भन्न चाहन्छु सफलताको लागि।'

गत वर्ष बंगलादेशमा भएको बंगबन्धु गोल्डप जित्दै २३ वर्षे अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोड्दै नेपाली फुटबलमा नवयुगको सुरुवात गराएका नवयुग श्रेष्ठ अहिले नेपाली फुटबलका चर्चित फरवार्ड हुन्।

यस्तै गत वर्ष नै भारतमा भएको १२ औं साग गेम्स फुटबलमा नेपाललाई स्वर्ण जिताउन र मलेसियामा भएको एएफसी सोलिडारिटी कपमा नेपाललाई च्याम्पियन बनाउन उनको भूमिका महत्वपूर्ण रहेको थियो।

फिलिपिन्सविरुद्धको खेलका लागि मुख्य प्रशिक्षक ग्योतुको कोजीले पहिलो चरणमा ३६ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएका थिए। अब केही दिनमै कोजीले अन्तिम टोलीको घोषणा गर्ने तयारीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell