PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

होलीमा जबर्जस्ती रङ दल्ने, लोला हान्नेलाई पक्राउ गर्न प्रहरी परिचालन



पहिलोपोस्ट

होलीमा जबर्जस्ती रङ दल्ने, लोला हान्नेलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौँ : फागुपूर्णिमा (होली)मा अर्काको इच्छाविपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने र फोहर छ्याप्ने कार्यमा संलग्नलाई तत्कालै पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।
 
महानगरीय प्रहरी परिसर काठमाडौँले आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख छविलाल जोशीले फागुलाई लक्ष्य गरी राजधानीमा एक हजार सुरक्षाकर्मी परिचालन गरिएको र फागुको दिन एक सय सात ठाउँमा सुरक्षा जाँचका लागि प्रहरी खटाइने जानकारी दिए।
 
फागुमा महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोध गर्दै उनले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, हेल्मेट बिना मोटरसाइकल चलाउने र कडा किसिमका रङ खेल्नेलाई समेत पक्राउ गरिने भएकाले त्यस्तो काम कोही कसैलाई नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने लोलाको आयात र बिक्री वितरण नगर्न सबैसँग अनुरोध गरे। यस वर्ष पहाडी जिल्लामा यही फागुन २९ र तराईका जिल्लामा ३० गते फागुपूर्णिमा मनाइँदैछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell