PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

मधेसी मोर्चाले आह्वान गरेको बन्दको असर उपत्यकामा देखिएन, तराईका जिल्ला प्रभावित



पहिलोपोस्ट

मधेसी मोर्चाले आह्वान गरेको बन्दको असर उपत्यकामा देखिएन, तराईका जिल्ला प्रभावित

काठमाडौँ : मधेसी मोर्चाआवद्ध संघीय गठवन्धनले आज आह्वान गरेको नेपाल बन्दको असर काठमाडौँ उपत्यकामा परेको छैन।
 
उपत्यकाभित्रका तीन जिल्लामा बिहानदेखि नै यातायात, बजार, उद्योग कलकारखाना, शिक्षणसंस्था निर्वाध रुपमा सञ्चालन भइरहेका छन्। मधेसी मोर्चाका केही कार्यकर्ताले राजधानीको विजुलीबजार, कोटेश्वरमा, सामाखुसीलगायत क्षेत्रमा अवरोध पुर्‍याउन खोजेकाले प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ।



राजधानीमा बन्द गराउँदै हिँडेका २७ जना मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी प्रद्मुम्न कार्कीले बताए। अन्य समयको भन्दा केही पातलो सवारी साधन गुडे पनि राजधानीमा कुनै अवरोध र अप्रिय घटना नभएको प्रहरीको दाबी छ।

 
सोमबार सप्तरीको राजविराजमा भएको घटनालाई लिएर संयुक्त मधेसी मोर्चाआवद्ध संघीय गठवन्धनले बन्द आह्वान गरेको थियो। बन्दको कारण सप्तरी, सुनसरी, कञ्चनपुर, रौतहटलगायतका तराईका जिल्लामा भने सवारी साधन प्रभावित बनेका छन्। गठबन्धनले सरकारलाई विभिन्न ५ बुँदे माग राख्दै ७ दिनको समय दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell