PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

ओली भन्छन्- प्रहरी प्रदेशअन्तर्गत दिने कि नदिने? सोच्नुपर्ने परिस्थिति आयो



पहिलोपोस्ट

ओली भन्छन्- प्रहरी प्रदेशअन्तर्गत दिने कि नदिने? सोच्नुपर्ने परिस्थिति आयो

काठमाडौँ : संघीयतालाई 'बाख्राको टाउकोमा भैँसीको सिङ' भनेर टिप्पणी गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीयतामा प्रदेशको अधिकारबारे पुर्नविचार गर्नुपर्ने बताएका छन्।

राजधानीमा बिहीबार कार्यकर्ता भेलामा ओलीले प्रदेशलाई प्रहरी राख्न दिने संविधानको प्रावधानबारे सोच्नुपर्ने अवस्था आएको बताएका हुन्।

विधानको अनुसूची ६ मा प्रदेशको अधिकारको २१ वटा सूचीको १ नंम्बरमा प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षाको विषय उल्लेख छ।


मेची महाकाली अभियानमा मधेसमा आफ्नो पार्टीलाई निषेध गर्न खोजिएको प्रति आपत्ती जनाउँदै ओलीले प्रादेशिक संरचनापछि राजनीतिक गतिविधि प्रभावित हुनसक्ने तर्क गरेका हुन्।
 

के भने ओलीले?

हामी अहिले त संघीय भने पनि एकात्मक कन्ट्रोलअन्तर्गत छौँ। प्रहरी सेना प्रशासनमाथिको कन्ट्रोलमा छ। भोलि २ नंम्बर प्रदेश, प्रदेश नंम्बर १ र प्रदेश नंम्बर ३ ले आफ्ना आफ्नै प्रहरी बनाउँछन्। त्यसो भएदेखि केन्द्रीय प्रहरी हुँदा हामीलाई प्रोटेक्ट गर्दाखेरी त यस्तो छ भने भोलि त्यहाँको प्रदेशको प्रहरी नै हाम्राविरुद्ध प्रयोग हुने खतरा हुन्छ। जुन मन परेन त्यसको विरुद्ध प्रयोग हुनसक्छ। त्यसैले प्रादेशिक संरचनामा गएपछि हुन्छ के भन्ने विषयमा ठण्डा दिमागले सोच्नुपर्ने परिस्थिति आइसकेको छ।

संघीय संरचनामा गएपछि संघीय प्रहरी भैसकेपछि जाने कसरी? प्रहरी उसको नियन्त्रणमा हुन्छ। त्यस्तो अवस्थामा देशको भौगोलिक अखण्डता कायम रहन्छ? गम्भीर प्रश्न उठेको छ? यसले प्रहरी प्रदेशअन्तर्गत दिने कि नदिने? प्रदेशले प्रहरी नियुक्ति गर्ने चलाउने कुरा हुने कि नहुने?

अहिलेको अवस्थामा भन्नुहुन्छ भने त्यो हुन सक्ने देखिएन।

२३ गते राजविराजमा जुन घटना देखियो त्यसले प्रदेशअन्तर्गत प्रहरी रहने अवस्था देखिएन। यो गम्भीर अवस्था हो।
हो, संघीयता र संघीयतासँगको व्यवहारमा तामदम्यता नमिलेको देखिदैँछ। यो गम्भीर विषय हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell