PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

मधेस बन्दले वीरगञ्जका दुई भन्सारबाट साढे २६ करोड रुपैयाँ राजश्व असुली घट्यो



पहिलोपोस्ट

वीरगञ्ज : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको दुई दिने मधेस बन्दको कारण वीरगञ्जस्थित दुई भन्सार कार्यालयको राजश्व असुलीमा ब्रेक लागेको छ। 
 
दुई दिनमा वीरगञ्ज भन्सार कार्यालयको लक्ष्यभन्दा १६ करोड रुपैयाँ र सिर्सिया सुक्खा बन्दरगाहको साढे १० करोड रुपैयाँले राजश्व घटेको हो। 
 
वीरगञ्ज भन्सारका सूचना अधिकारी मोहनराज भटले मंगलबार र बुधबार ८ /८ करोड रुपैयाँको दरले राजश्व संकलन घटेको जानकारी दिए। वीरगञ्ज भन्सारको दैनिक असुली लक्ष ३२ करोड रुपैयाँ छ।
 
त्यस्तै, सुक्खा बन्दरगाहले बन्दको पहिलो दिन ६२ लाख र दोस्रो दिन २ करोड चार लाख रुपैयाँ मात्र राजश्व संकलन गरेको छ। सामान्य अवस्थामा सुक्खा बन्दरगाहबाट दैनिक साढे ६ करोड रुपैयाँको राजश्व उठ्ने गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell