PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

ग्लेन म्याक्सवेल किंग्स एलेभेन पञ्जावको कप्तान नियुक्त



पहिलोपोस्ट

ग्लेन म्याक्सवेल किंग्स एलेभेन पञ्जावको कप्तान नियुक्त

इन्डियन प्रिमियर लिग आइपिएल क्लब किंग एलेभेन पञ्जावले अष्ट्रेलियन अलराउण्डडर ग्ले म्याक्सवेललाई टीमको नयाँ कप्तन नियुक्त गरेको छ।

बलिउड नायिका प्रिटी जिन्टाको क्लब पञ्जावले सामाजिक सञ्जाल ट्विटरमार्फत म्याकसवेलाई आगामी महिना सुरु हुने सिजनका लागि कप्तान नियुक्त गरेको जनाएको छ।
 

म्याक्सवेलले अब मुरली विजयको स्थान लिनेछन्। विजयलाई गत वर्षको मध्यतिर कप्तानमा नियुक्त गरिएको थियो। गत वर्षको सुरुवातमा दक्षिण अफ्रिकाका डेविड मिलरलाई कप्तान बनाएपनि पछि उनलाई ड्रप गरिएको हो। 

सबैखाले प्रतियोगितामा गरेर ३३८ खेलमा अहिलेसम्म कप्तानी नगरेको म्याक्सवेललाई पञ्जावले इंगल्याण्डका इयान मोर्गन र वेष्टइन्डिजका डारेन सामी जस्ता खेलाडीलाई पछि राख्दै कप्तान बनाउने निर्णाय गरेको हो।

सन् २०१४ बाट पञ्जावमा खेल्न सुरु गरेको म्याक्सवेलले पहिलो सिजनमै १६ खेलमा ५५२ रन बनाउँदै क्लबलाई पहिलो पटक फाइनलामा पुरयाउन योगदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell