PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

फिलिपिन्सविरुद्ध हुने खेलका लागि दोस्रो चरणमा २७ खेलाडी छनोट : को परे, को बाहिरिए?



पहिलोपोस्ट

फिलिपिन्सविरुद्ध हुने खेलका लागि दोस्रो चरणमा २७ खेलाडी छनोट : को परे, को बाहिरिए?

काठमाडौं : एएफसी एसियन कप क्वालिफायर्सअन्तर्गत फिलिपिनसविरुद्ध हुने खेलका लागि  दोस्रो चरणमा २७ खेलाडी छनोट गरिएको छ। पहिलो चरणमा प्रशिक्षण सहभागी रहेका ९ खेलाडी भने टीमबाट बाहिरिएका छन्।

मुख्य प्रशिक्षक ग्योतुकु कोजीले क्लोज क्याम्पका लागि दोस्रो चरणमा २७ खेलाडी छनोट गरेका हुन्। फरवार्ड नवयुग श्रेष्ठ चोटका कारण यसअघि नै राष्ट्रिय टीमबाट बाहिरिसकेका छन्।

यस्तै पहिलो पटक प्रशिक्षमा बोलाइएका विश्व अधिकारी, बिमल पाण्डे, युवराज खड्का र रवि पासवान दोस्रो चरणमा अटायनन्। नयाँमध्ये बिमल बस्नेत भने २७ खेलाडीको सूचीमा परेका छन्।

यस्तै हेमन्त थापा मगर, दीपक गुरुङ, सुनिल बाल र दिनेश राजवंशी पनि बाहिरिएका छन्।

क्वालिफायर्सअन्तर्गत नेपालले आगामी मार्च २८ मा मनिलामा फिलिपिन्ससँग पहिलो खेल खेल्नेछ।


दोस्रो चरणमा छनोट भएका खेलाडी

गोलरक्षक : किरण कुमार लिम्बु बिकेश कुथु, विशाल श्रेष्ठ, एलान नयौपाने
डिफेन्डर : रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, रन्जित धिमाल, जितेन्द्र कार्की, बिमल बस्नेत
मिडफिल्डर : रोहित चन्द, मान बहादुर तामाङ, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अन्जन विष्ट, सुजल श्रेष्ठ, सुमन लामा, राजेन्द्र रावल
फरवार्ड : विमल घर्ती मगर, रन्जन विष्ट, अनिल गुरुङ, भरत खवास, कर्ण लिम्बु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell