PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

म्यानमारबाट २० हजार शरणार्थी चीन प्रवेश



पहिलोपोस्ट

बेइजिङ (चीन) : म्यानमारमा जातीय आन्दोलन चलाएका विद्रोही र म्यानमार सरकारबीच भएका भिडन्तका कारण एक साताभित्र यहाँ करिब २० हजार शरणार्थी चीन प्रवेश गरेको बेइजिङले जनाएको छ। 

विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले आफ्नो नियमित पत्रकार भेटघाटमा भन्नुभयो, 'द्वन्द्वबाट ज्यान जोगाउन चीन पुगेका उनीहरुले द्वन्द्वको अस्थायी विकल्पका रुपमा चीन पुगेका र उनीहरुलाई चीन सरकारबाट मानवीय सहयोग दिइएको थियो।' 

म्यानमारको उत्तरपूर्वी सान राज्यमा भएका लगातार सेना र स्थानीय अल्पसङ्ख्यक जातीय समुदायबीच भएका झडपले सरकारद्वारा आह्वान गरेको शान्तिका लागि प्रयासमा समेत चुनौती दिएको छ। 

यसरी म्यानमारमा भएका द्वन्द्वले चीन पुगेका शरणार्थीका कारण दुई देशको सम्बन्धमा समस्या उत्पन्न गरेजस्तो सङ्कट निम्त्याउन सक्नेतर्फ सजक बन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्घसङ्गठनले सुझाव दिएका छन्। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell