PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

आजैदेखि खारेज भए गाविस : स्थानीय निकाय अब स्थानीय तहमा परिणत



पहिलोपोस्ट

आजैदेखि खारेज भए गाविस : स्थानीय निकाय अब स्थानीय तहमा परिणत

काठमाडौँ : सरकारले स्थानीय तह निर्धारण आयोगको प्रतिवेदन राजपत्रमा प्रकाशित गरेको छ। नयाँ संविधानअनुसार स्थानीय तह निर्धारण आयोगले बनाएको प्रतिवेदन परिमार्जनसहित सरकारले राजपत्रमा प्रकाशित गरेको हो।

संविधानअनुसार यो प्रतिवेदन प्रकाशित भएपछि आजैदेखि स्थानीय तह खारेज हुन्छन्। गाउँ विकास समितिका कामकारबाही आजैदेखि अन्तरीम भएका छन्। स्थानीय निकायलाई हटाएर संविधानअनुरुप स्थानीय तह बनेपछि आजैदेखि कार्यान्वयनमा आएको हो।

मन्त्रिपरिषदले यही फागुन २२ मा ७ सय ४४ स्थानीय तह हुनेगरी गरेको निर्णय आज राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आएको छ। 

स्थानीय तहको नयाँ संरचनाअनुसार देशभरमा ४ वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका रहने छन्। 

सबै स्थानीय तहमा गरी ६ हजार ६ सय ८० वडा कायम भएका छन्। यसअघि नयाँ नगरपालीकाको घोषणापछि ३ हजार १ सय ५७ गाविस र २ सय १७ नगरपालिका कामय थिए। 


उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मन्त्रालयमा काम गर्न सुरु गरेकै दिन  राजपत्रमा सूचना प्रकाशित गरी नयाँ संरचना लागू भएको घोषणा गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell