
काठमाडौं: यो हप्ताको फ्राइडे रिलिजअन्तर्गत नेपाली फिल्म 'दर्पणछाया २' सार्वजनिक भएको छ। तुलसी घिमिरे निर्देशित फिल्म देशभर ७० बढी हलमा प्रदर्शनमा आएको दाबी निर्माण पक्षको छ।
फिल्मको मुख्य भूमिकामा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य छन्। सहारा फिल्मसको पहिलो प्रस्तुति रहेको फिल्मको प्रस्तोता डा. लोप्जङ लामा हुन् भने निर्माता साबु गदाल कार्की र रवि कार्की हुन्।
म्युजिकल लभ स्टोरी फिल्मले सिंगल स्क्रिन साथै मल्टिप्लेकसमा शो पाएको छ।
बलिउडतर्फ भने फिल्म 'बद्रिनाथकी दुल्हनियाँ' सार्वजनिक भएको छ। फिल्म 'हम्प्टी शर्माकी दुल्हनियाँ' को सिक्वेल फिल्म हो। जसमा आलिया भट्ट र बरुण धवननै मुख्य भूमिकामा रहेका छन्। गौहर खान, मोहित मरवाह, आकांक्षा सिंहलगायतको पनि फिल्ममा अभिनय रहेको छ।
सशाङ्क खैतान निर्देशित फिल्म नेपालका सिंगल साथै मल्टिप्लेकसमा प्रदर्शनरत छ। धर्म प्रोडक्शनको प्रस्तुति रहेको फिल्मलाई करण जौहरले निर्देशन गरेका हुन्।
गएका साताहरुमा सार्वजनिक भएका फिल्म लुट टू, लोगन र कमान्डो टूले अझै शो पाइरहेका छन्। सिंगल थिएटर मात्र टार्गेट गरेका कुनै पनि नेपाली फिल्म भने यो साता प्रदर्शनमा आएको छैन।