काठमाडौं : प्रहरीले संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष र महासचिवसहित दर्जनौं नेताहरुलाई काठमाडौंमा गिरफ्तार गरेको छ। पार्टीका उपाध्यक्ष हेमराज राई र महासचिव रणध्वज कन्दङ्वासहितका नेताहरुलाई पक्राउ गरी प्रहरीले हिरासतमा लिएको फोरम नेपालले जनाएको छ।
सप्तरीमा प्रहरीले चलाएको गोली लागी चार जनाको मृत्यु र दर्जनौं जनता गम्भीर भएको घटनाको विरोधमा संघीय गठबन्धनले आज नेपाल बन्द आह्वान गरेकोमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
संघीय गठबन्धनको आव्हानमा गरिएको बन्दको क्रममा ललितपुरको पुल्चोकबाट फोरम नेपालका उपाध्यक्ष राई, महासचिब कन्दङ्वा, राजनीतिक समिति सदस्य धिरेन्द्र बहादुर श्रेष्ठ पक्राउ परेका छन्।
केन्द्रीय सदस्य भुपेन्द्र नेम्वाङ र महेन्द्रलाल राई, लिम्बुवान प्रदेश समितिका अध्यक्ष उपेन्द्र लावती, किरात प्रदेश सम्पर्क समितिका सचिव मोहन राई र सङ्घीय सुनुवार सङ्घका संयोजक याता राजेन्द्र सुनुवारसहित ८ जनालाई गिरफ्तार गरि महानगरिय प्रहरी परिसर जावलाखेलमा राखेको छ।
यसैगरी, बन्दको क्रममा बिहान ललितपुरको पुल्चोकबाट फोरम नेपालका केन्द्रीय सचिव अजम्बर राई काङ्माङ्, केन्द्रीय सदस्यहरु शाक्य सुरेन, पूर्णबहादुर बस्नेत र बिष्णुजङ बस्नेत ललितपुर जिल्ला अध्यक्ष कृष्णभक्त डङ्गोल, नेवा प्रदेश समिति सचिव चन्द्र महर्जन, ललितपुर उपाध्यक्ष मगरात किरण, सदस्यहरु अश्तेन्द्र महर्जन, किर्ति लब, रमण राई र अर्जुन राई गरि ११ जनालाई गिरफ्तार गरि महानगरिय प्रहरी परिसर जावलाखेलमा राखेको छ ।
त्यस्तै, बन्दको क्रममा महाराजगञ्जबाट ताम्सालीङ सङ्घर्ष समितिका संयोजक जय गोले, सदस्यहरु केदार घले, संच्बिर तामाङ्, पासाङ तामाङ्, अस्मिता तामाङ्, सुष्मा तामाङ र सुर्प दोङ सहित गरि १० जनालाई प्रहरीले गिरफ्तार गरि महानगरिय प्रहरी परिसर महारज्गञमा राखेको छ ।
यसैगरी, भक्तपुरबाट फोरम नेपालका केन्द्रीय सदस्य कृष्ण बहादुर घजु, जिल्ला सचिव श्याम शिल्पकार, हरि बाईजु, जीवन श्रेष्ठ, विश्वराम शिल्पकार, सरोज घजु, पुर्ण भक्त बादे, सन्जय शाह, सानू कान्छा कौरीलाई पनि प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।
संघीय गठबन्धनमा आबद्ध अन्य दलका नेता कार्यकर्ताहरुलाई समेत राजधानी काठमाडौं र देशका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ।
संघीय गठबन्धनले सप्तरी घटनाको विरोधमा आज शुक्रबार एक दिनका लागि नेपाल बन्द आह्वान गरेको छ । घटनाको न्यायीक छानबीन गरी दोषि माथि कारबाही, मृतकलाई शहीद घोषणा, परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार जस्ता माग राखेर नेपाल बन्द घोषणा गरिएको हो ।