
काठमाडौँ : कांग्रेस नेता प्रकाशमान सिंहले अहिले मुलुकको राजनीति जटिल मोडबाट गुज्रिरहेकाले अहिले जुनसुकै दलका नेताहरुले सभ्य रुपमा आफ्नो अभिव्यक्ति राख्नु पर्ने बताएका छन्।
आज धादिङ जिल्लामा आयोजित कार्यक्रमा सिंहले दम्भ, घमण्ड र अहङ्कार प्रदशर्न गर्नुभन्दा पनि जिम्मेवार रुपमा प्रस्तुत भएर परिस्थितिलाई भड्किन दिन नहुने बताए। सबै दलको दायित्व भनेकै संविधानको कार्यन्वयन भएकाले सबैले एकजूट भएर असहमतिका बीचबाट निर्वाचनमा जानुको विकल्प नभएको उनले बताए।
उत्तेजक भाषण र गतिविधिले परिस्थिति गम्भीर बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले अब हरहालतमा निर्धारित समयमै निर्वाचन हुनुपर्छ भन्नु भन्दा पनि के कसरी निर्वाचनको वातावरण बनाउनतर्फ सोच्नु पर्ने बताए।