
बलिउड स्टार सलमान खान 'द ब्याङ्ग टूर' लिएर न्युजिल्यान्ड र अष्ट्रेलिया पुग्ने भएका छन्। फिल्म सुटिङमा व्यस्त उनी टूरमा सामेल हुने निश्चित भएको बलिउड हंगामाले जनाएको छ।
सलमानको सहभागिता रहने टूरको अष्ट्रेलिया सिड्नीमा आउँदो अप्रिलमा र न्युजिल्यान्डमा मेमा हुनेछ। सलमानको प्रस्तुती रहने कन्सर्टहरुमा अभिनेत्री ज्याकालीन फर्नाडेज पनि सहभागी हुने जनाइएको छ।
सलमानकै आग्रहमा उनले टूरमा विशेष प्रस्तुति दिने भएकी हुन्।
द ब्याङ्ग नाम दिइएको इन्टरनेशनल मोबाइल कन्सर्ट विश्वभरका विभिन्न ठाउँमा रहेका बलिउड फ्यानलाई सम्बोधन गर्ने अभियान हो। सो अभियानमा प्रभुदेवा, सोनाक्षी सिंहा, बिपासा बासु, देशी शाह, बादशाह आदिको पनि प्रस्तुति रहनेछ।