PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मधेसी मोर्चाले बारा र पर्सा बन्द फिर्ता लियो



राधेश्याम पटेल

मधेसी मोर्चाले बारा र पर्सा बन्द फिर्ता लियो

वीरगञ्ज : सप्तरी घटनाको विरोधमा संघीय गठबन्धनले आह्वान गरेको नेपाल बन्दको कार्यक्रम पर्सा र बारामा जिल्लामा फिर्ता लिएको छ। 

मोर्चाले शुक्रबार आह्वान गरेको नेपाल बन्द आज बिहान ११ बजेपछि पर्सा र बारामा फिर्ता लिएको हो। पर्सा/बाराको मोर्चा समितिले आज बिहान आकास्मिक बैठक बसाएर बन्द फिर्ता लिने निर्णय गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साका संयोजक एवम् तराई मधेस लोकतान्त्रिक पार्टी पर्साका अध्यक्ष पुरुषोत्तम झाले जानकारी दिए। 

बैठकमा मोर्चासम्बद्ध पर्सा र बाराका विभिन्न पार्टीका जिल्ला अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति थियो। मोर्चाका पर्सा संयोजक झाले भने, ‘अन्य जिल्लामा बन्द फिर्ता भयो कि भएन तर पर्सा-बारामा आन्तरिक बैठक बसी बन्द फिर्ता गर्ने निर्णय गरिएको हो।’

बन्द खुलेपछि यात्रु तथा सर्वसधारणमा खुसीयाली छाएको छ। वीरगञ्ज, कलैयाबाट पथलैयातर्फ सबै सवारी साधन निर्वाध रुपमा सञ्चालनमा आएका छन्।

बिहीबार राति काठमाडौँबाट वीरगञ्ज आउँदै गरेका पर्सा सेढवाका ओमप्रकाश चौधरीले मोर्चाको बन्द फिर्ता लिने निर्णयले खुसी लागेको बताए।चाडपर्वको समयमा यस्तो निर्णय नगरेको भए यात्रु तथा सर्वसधारण पनि बन्दको विरोधमा उत्रिने थिए। त्यो अवस्था सृजना नहोस् भनेर मोर्चाले निर्णय गरेको उनको अनुमान छ।

बिहीबार राति मात्रै वीरगन्ज तथा कलैयाका लागि करिब २ सय बस छुटेको उनी बताउँछन्। हिजो राति कलंकीबाट छुट्ने बसहरुले यात्रुहरुसँग मनपरी तवरले ७ सयसम्म भाडा लिएको उनले बताए। बन्दको हल्लाले भारतको विहार, युपी र तराईका जिल्लामा आउन चाहने यात्रुहरुलाई रात्री बस चढ्न भ्याइनभ्याइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell