PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

पश्चिमी वायुका कारण मौसम बदली, नेपाल र केन्याबीच शनिबार हुने खेल प्रभावित हुन सक्ने



पहिलोपोस्ट

पश्चिमी वायुका कारण मौसम बदली, नेपाल र केन्याबीच शनिबार हुने खेल प्रभावित हुन सक्ने

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ। बदलीका कारण शुक्रबार बिहानदेखि नै उपत्यकाभित्र हल्ला वर्षा भएको छ।

पश्चिमी वायुका कारण देशभरकै मौसममा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिनदेखि भित्रिएको वायुका कारण आइतबारसम्म यसको असर देखिने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

शनिबार बेलुकासम्म उपत्यकाभित्र वर्षा हुने र उच्च हिमाली भागमा हिमपातसमेत हुने बताए। मौसम परिवर्तनका कारण शनिबार हुन लागेको नेपाल र केन्याबीचको आइसिसि वल्ड क्रिकेट लिग च्याम्पेनसिपसमेत प्रभावित हुने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell