काठमाडौं : आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत भोली शनिबार र सोमबार हुने खेलमा नेपाल र केन्या दुवै सकेसम्म धेरै अंक जोड्ने तयारीमा छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलअघि दुवै टोलीले भारत भ्रमण गरेका थिए, र त्यसलाई सदुपयोग गर्ने तयारीमा छन् दुवै टोली।
हामीसँग अब तीन राउण्डका खेल बाँकी छन्, त्यसैले हरेक अंक अन्तिम अंक तालिकाको लागि महत्वपूर्ण हुनेछ। नेपालका कप्तान पारस खड्काले भनेका छन्।
नेपालले भारत भ्रमणमा तीन तथा केन्याले चार अभयास खेल खेलेका थिए।
८ टोली सम्मिलियत च्याम्पियनसिपबाट शीर्ष ४ स्थानमा रहने टोली वान डे वर्ल्ड कप क्वालिफायर्सका लागि छनोट हुनेछन्। उक्त छनोटमा आइसिसी वान डे वरीयताको पुछारमा रहने ४ टोली र डिभिजन टु बाट बढुवा हुने २ टोली सहभागित हुनेछन्।
नेदरल्याण्ड्स १० खेलबाट १५ अंक जोड्दै च्याम्पियनसिपको शीर्ष स्थानमा छ भने ८ खेलबाट १२ अंक जोडेको पपुवा न्यु गिनी दोस्रो स्थानमा छ।
नेपाली टोलीका कप्तान पारस खड्काले च्याम्पियनसिपमा बाँकी रहेको ६ खेलबाट सकेसम्म धेरै अंक बटुल्ने तयारीमा रहेको बताए। च्यामिपयनसिपमा हरेक टोलीले कूल १४ खेल खेल्न पाउनेछन्।
'हामी दिल्ली भ्रमणमा तीन अभयास म्याच खेल्यौं र घरमा पनि तयारी गरिरहेका छौं। तीन चरणका खेल मात्र बाँकी रहेको अवस्थामा हरेक म्याच महत्वपूर्ण रहेको हामीले बुझेका छौं। यदी अन्तिम चारमा पर्ने हो भने हामी कुनै पनि अंक गुमाउन चाहदैनौं।' उनले भने।
'केन्या पनि राम्रो टोली होर उसका खेलाडीहरु राम्रा छन्। तर हामीले राम्रो टीम स्प्रिटमा खेलिरहेका छौं। हाम्रो स्पिनर मुख्य हतियार हो।'
नेपाल ८ खेलबाट ६ अंक जोड्दै छैटौं स्थानमा छ। स्कटल्याण्ड र पपुवा न्यु गिनीसँग दुवै राउण्डको खेल हारेको नेपालले घरेलु मैदानमा नामिवियालाई २-० ले हराएको थियो भने नेदरल्याण्डसँग १-१ को बराबरी गरेको थियो।
नेपालले केन्यासँगै हङकङ र युएईसँग खेल्न बाँकी छ।
नेपालसमान खेलबाट ८ अंक जोडेको केन्या पाँचौं स्थानमा छ। केन्याले यसअघि नामवियालाई २-० ले हराएको थियो भने युएई र हङकङसँग १-१ को बराबरी खेलेको थियो तर पपुवा न्युगिनीसँगको दुवै खेलमा पराजित भएको थियो।
केन्याका कप्तान राकेप पटेलले आफ्नो टीम नेपालसँग खेल्न तयार रहेको तर त्रिवि मैदानमा भने पहिलो पटक खेल्न लागेको बताए।
'हामी सकेसम्म नेपालको करिन्डसनमा राम्रो गर्ने प्रयास गर्नेछौं, हामी साँच्चै नै अंक तालिकामा अगाडी हुन चाहन्छौं।'
'हाम्रो लागि नेपालसँगको दुई खेल धेरै महत्वपूर्ण हुनेछ, शीर्ष चारमा पर्न। हाम्रो मुख्य उद्देश्य भनेको जित्नु नै हो।' पटेलले भने।
यसले हामीलाई शीर्ष चारमा पर्न सहयोग मात्र गर्दैन। युवा खेलाडीलाई भविषयमा राम्रो गर्न सहयोग पुर्याउनेछ।
पटेलले अलारउण्डरहरु कोलिनस ओबुया र नेहेमिह ओडिएम्बो तथा बयाट्सम्यान इरफान करिम र एलेक्स ओबान्डा हाफ्नो टोलीको मुख्य खेलाडी रहेको बताए।
पटेलले लेग स्पिनर पुष्पक केराईलाई सरप्राइज प्याकेजका रुपमा राखेका छन्।
नेपाली टोली
पारस खड्का कप्तान, दीस्पेन्द्र सिंह ऐरी, मेहबुब आलम, विनोद भण्डारी, सुनिल धमला, शक्ति गौचन, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, सागर पुन, बसन्त रेग्मी, आरिफ शेख, शरख भेषावकर
केन्याली टोली
राकेप पटेल कप्तान, धिरेन गोन्डारिया, इरफान, करन काउल, पुष्पक केराई, शेन एनगोचे, एलेक्स ओबान्डा, कोलिन्स नेहेमिह ओडिएम्बो, नेल्सन ओडिएम्बो, लुकास ओलओच, एलिजहा ओटिएनो, रुशादभर्दन पटेल, गुरदिप सिंह
म्याच अफिसियल
अम्पाएर : सारिका प्रसाद र विनय झा, थर्ड अम्पाएर : दुर्गा नाथ सुवेदी
म्याच रेफ्रि : देव गोविन्दजी
(नेपाल र केन्याबीच हुने खेलका अघि आइसिसीले जारी गरेको मिडिया रिलिजको भावानुवाद)