PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

होलीलाई लक्षित गरेर ट्राफिक प्रहरीले ल्यायो विशेष सुरक्षा योजना



पहिलोपोस्ट

होलीलाई लक्षित गरेर ट्राफिक प्रहरीले ल्यायो विशेष सुरक्षा योजना

काठमाडौँ : ट्राफिक प्रहरीले आइतबार उपत्यकाभित्र मनाइने फागुपूर्णिमा (होली) का लागि विशेषसुरक्षा योजना ल्याएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायब मिङमार लामाका अनुसार फागुका दिन प्रहरीले सवारी दुर्घटना नियन्त्रण गर्न यस्तो योजना ल्याएको हो। सवारी नियम उल्लङ्घन गर्नेका सवारी साधन नियन्त्रणमा लिइने तथा कागजात फिर्ता गर्नका लागि एक घन्टाको कक्षा अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था बनाएको लामाले बताए। उपत्यकाका ५३ स्थानमा ट्राफिक प्रहरी अधिकृतको कमान्डमा कम्तीमा तीन जना ट्राफिक प्रहरी खटाई जाँचको व्यवस्था मिलाइएको छ। 

होलीका दिन उपत्यकाभित्र जम्मा १२ सय १४ प्रहरी खटाइने छन्। मापसे गरी सवारी चलाउने, तीब्र गतिमा सवारी चलाउने, हेलमेट नलगाई दुईपाङ्ग्रे सवारी चलाउने, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा गर्ने, ठूलो हर्न बजाउने, ठूलो आवाज निकालेर सवारी चलाउने, जिकज्याक गरी चलाउने, मोटरसाइकललाई मोडिफाई गरी चलाउने तथा अन्य गम्भीर खालका लापरबाही गरी सवारी चलाउने व्यक्तिलाई लक्षित गरेर अभियान सञ्चालन गरिएको डिआइजी लामाले बताए। 

गत वर्षको होलीमा ट्राफिक नियम उल्लङ्घन गरी चलाइएका १९ सय ३७ सवारीलाई नियन्त्रणमा लिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell