PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

स्वास्थ्य समस्याका कारण करण केसी अस्पताल भर्ना, केन्यासँग नखेल्ने



पहिलोपोस्ट

स्वास्थ्य समस्याका कारण करण केसी अस्पताल भर्ना, केन्यासँग नखेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्य करण केसी बयोधा अस्पताल भर्ना भएका छन्।

पेटमा निरन्तर दुखाई र वान्ता आउने समस्याका कारण उनलाई शुक्रबार अस्पतान भर्ना गरिएको टीमका टेक्निकल एलालिस्ट रमन शिवाकोटीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

परीक्षणका क्रमम करणलाई एपेन्डिक्स देखिएपछि उनको शल्यक्रिया गर्नुपर्ने भएको छ।

स्वास्थ्यमा समस्या देखिएसँगै करण आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत शनिबार र सोमबार केन्याविरुद्ध हुने खेलमा उपलब्ध नहुने भएका छन्।

अब आइसिसीको सहमतिमा करणको स्थानको अर्को खेलाडी राखिने उल्लेख छ। नेपालले केन्यासँग घरेलु मैदान कीर्तिपुरमा च्याम्पियनसिपको पाँचौं चरणको दुई खेल खेल्दैछ।

तीन साताअघि कप्तान पारस खड्काको पनि एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell