PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

सप्तरी घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो



पहिलोपोस्ट

सप्तरी घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

काठमाडौँ :  नेकपा एमालेले सञ्चालन गरेको मेची-महाकाली अभियानमा अवरोध पुर्‍याउँदा सप्तरीमा प्रहरीको गोली लागेर मृत्यु हुनेको सङख्या ५ पुगेको छ। 

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थप एक जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ। जमुनी–१ कटवीका इनरदेव यादवको उपचराको क्रममा शुक्रबार मृत्य भएको जिल्ला प्रशासन कार्यलय सप्तरीका प्रमुख पुष्पबहादुर कटुवालले पहिलोपोष्टलाई जानकारी दिए। 

सोमबार नै प्रहरीको गोली लागेर मलेठ–२ बस्ने रञ्जन मेहता, मलेठ–२ कै वीरेन्द्र महतो, मलेठ–४ का पिताम्वर मण्डल र प्रसवनीका आनन्द शाहको मृत्यु भएका थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell