PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

काजकास्तानका अर्बपति यासिनोभ नेपाल भ्रमणमा



पहिलोपोस्ट

काजकास्तानका अर्बपति यासिनोभ नेपाल भ्रमणमा

काठमाडौं : काजकास्तानका अर्बपति व्यापारी तथा नेशनल बैंक अफ काजकास्तानका चेयरम्यान ग्यालिमझ्यान यासिनोभ नेपाल भ्रमणमा आएका छन्। निजी विमान लिएर उनी काजकास्तानबाट दिल्ली हुँदै काठमाडौं आएका हुन्।

एक साताको निजी भ्रमणमा यासिनोभ नेपाल आएका हुन्। उनको चार्टर्ड जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ वेमा राखिएको छ। दश जनाको परिवार र एक जना बेलायती सहयोगी लिएर उनी मार्च  फागुन २४ गते नेपाल आएका हुन्। 

उनी अहिले धुलिखेलमा बसेका छन्। उनी चैत १ गते काजकास्तान फर्किने सेड्युल छ। काठमाडौं र धुलिखेलमा द्वारिकाज होटेलमा बसेका छन्। बन्दका कारण उनको भ्रमणको सेड्युल भने बिग्रिएको छ। उनी आएपछि दुर्इ पटक नेपाल बन्द भएको छ। शुक्रबार धुलिखेलमै रहेका उनी आज भने काठमाडौंको पुरातात्विक स्थलको भ्रमण गर्ने योजना थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell