काठमाडौं : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि मैदानमा जारी खेलमा नेपालले ५ विकेट गुमाउँदै ६९ रन बनाएको छ।
वर्षाका कारण ३८ ओभरमा झारिएको खेलमा सुनील धमला ३ रन बनाएर सुरुमै क्याच आउट भएका थिए। त्यसपछि ज्ञानेन्द्र मल्ल २७ रनमा आउट भए। यस्तै सागर पुन १० रन बनाएर बाहिरिए। सागर पुनपछि ब्याटिङ सम्हाल्न आइपुगेका शरद भेषावकरले पनि ३ रनभन्दा बढी बनाउन सकेनन्।
विनोद भण्डारी भरखरै बोल्ड आउट भएका छन्। अहिले क्रिजमा मेहबुब आलम र दीपेन्द्रसिंह ऐरी छन्।
साढे ९ बजे सुरु हुनुपर्ने खेल १२ बजे बल्ल सुरु भएको थियो। नेपालले टस हारेपछि ब्याटिङ गरिरहेको छ। अस्वस्थताका कारण आज नेपालका तर्फबाट पारस खड्काले खेल्ने छैनन्।