काठमाडौँ : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज नेपाल र केन्याबीचको खेलमा नेपालको छैठौँ विकेट पतन भएको छ। कप्तान ज्ञानेन्द्र मल्ल २७ रन बनाएर आउट भएपछि लगातार नेपालको विकेट पतन भैरहको छ।
ओपनर सुनील धमला ३ रन बनाएर क्याच आउट भएका थिए। लगत्तै ज्ञानेन्द्र आउट हुन पुगे। त्यसपछि सागर पुन १० रनमा, शरद् भेषावकर ३ रनमा आउट भए। बिनोद भण्डारी ४ रन बनाउँदा बोल्ड हुन पुगे। मेहेबुब आलम २ रनमा आउट भए। नेपालको मध्यक्रम धर्मराएपछि स्कोरबोर्डमा रन बन्न सकेको छैन। यो समाचार तयार पार्दा नेपाको २५ ओभरमा ७१ मात्र छ।
मौसमका कारण ढिला सुरु भएको थियो।
साढे नौ बजे सुरु हुनुपर्ने खेल १२ बजे बल्ल सुरु भएपछि खेल ३८ ओभरमा झारिएको छ।
नेपालले टस हारेपछि ब्याटिङ गर्दैछ। अस्वस्थताका कारण आज नेपालका तर्फबाट पारस खड्काले खेल्ने छैनन्। उनको साटो ज्ञानेन्द्र मल्लले नेपाली टिमको कप्तानी सम्हाल्दैछन्।
नेपालका तर्फबाट सिनियर टिममा सुनील धमला र दीपेन्द्र सिंह ऐरीले डेब्यु गरे।
धमला ज्ञानेन्द्रसँगै ओपनिङ गर्दैछन् भने ऐरी अल राउन्डर हुन्।