PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

बन्द गराउँदै हिँडेका नेकपाका १३ कार्यकर्ता पक्राउ



पहिलोपोस्ट

काठमाडौं : कञ्चनपुरमा नेपाली नागरिक गोविन्द गौतमको हत्याको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वले नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव न्युन परेको छ।
 
भारतीय हस्तक्षेपको विरोध जनाउँदै आज नेकपा माओवादीले नेपाल बन्दको आह्वान गरेको हो। तर बन्दको परवाह नगरी बजार पसलहरु खुलेका छन्। राजधानीमा कुनै प्रभाव परेको छैन।
 
बन्दका क्रममा प्रहरीले पोखराका विभिन्न स्थानबाट १३ बन्दकर्तालाई पक्राउ गरेको छ।
 
बन्द गराउँदै हिँडिरहेका अवस्थामा उनीहरूलाई पृथ्वीचोक र शिशुवबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell