PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

बाग्मती सफाइ अभियानको दुई सयौँ हप्ता विशेष कार्यक्रम गरी मनाइयो



पहिलोपोस्ट

बाग्मती सफाइ अभियानको दुई सयौँ हप्ता विशेष कार्यक्रम गरी मनाइयो

काठमाडौँ : बाग्मती सफाइ महाअभियानको दुई सयौँ हप्ता पुगेको अवसरमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ। 

सुन्दरीजलदेखि चोभारसम्मको पदयत्रामा सहभागी भएका हजारौँ पदयात्रीले सफाइलाई मुलुकभर निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन्। 

सरसफाइ अभियानका क्रममा हालसम्म आठ हजार मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको बताइएको छ। 

पदयात्रामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका नेता सुवास नेम्बाङलगायत नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सामाजिक तथा पेशागत सङ्घसंस्थाका पदाधिकारी, नागरिक समाज, राजनीतिक दललगायत थुप्रै सर्वसाधारणको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell