PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

विप्लव नेतृत्वका बन्दकर्ताद्वारा बालाजुमा रोकिराखेको साझा बसमा आगजनी



सविन ढकाल

विप्लव नेतृत्वका बन्दकर्ताद्वारा बालाजुमा रोकिराखेको साझा बसमा आगजनी

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले राजधानीमा आज रोकिराखेको साझा बसमा आगजनी गरेका छन्।
 
एअरपोर्ट–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५६४८ नम्बरको बसमा बालाजु बाइपास नजिकै आगजनी गरिएको हो। दिउँसो १ बजेतिर बसमा आगजनी गरिएको र घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टीको बुकलेट र पम्प्लेट भेटिएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी सन्तोष तामाङले पहिलोपोस्टलाई जानकारी दिए। आगलागीबाट बसको भित्री भाग नष्ट भएको छ।
 
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागी कञ्चनपुरमा मृत्यु भएका गोविन्द गौतमको घटनालाई लिएर नेकपाले 'भारतीय हस्तक्षेपविरुद्ध' भन्दै आज नेपाल बन्दको आह्वान गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell