PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

पञ्जावमा कांग्रेसको राज फर्कँदा नवजोत सिद्धु गदगद



पहिलोपोस्ट

पञ्जावमा कांग्रेसको राज फर्कँदा नवजोत सिद्धु गदगद

कपिल शर्मासँग जोडि बनाएर भारतीय टेलिभिजनमा राज गरिरहेका भारतीय राष्ट्रिय टोलीका पूर्व सदस्य नवजोत सिंह सिद्धु पञ्जावको राजनीतिमा अहिले चर्चाको शिखरमा छन्। उनी चर्चामा आउनुको कारण हो विधान सभा निर्वाचनको परिणाम ।

प्रारम्भिक परिणाममा पञ्चावमा सरकार चलाइरहेको शिरोमणी अकाली दल र भारतीय जनता पार्टीको गठबन्धन तेस्रो स्थानमा खुम्चिएको छ। परिमाण कांग्रेसको पोल्टामा जाँदा सिद्धु गदगद छन्।

केही महिना अगाडिसम्म उनी भारतीय जनता पार्टीमै थिए। जव उनले भाजपा छाडे आम आदमी पार्टीमा जाने चर्चा चुलियो। तर उनी आपतिर लागेनन् भारतीय राष्ट्रिय कांग्रेसतिर लागे।

पञ्जावमा कांग्रेसको पञ्जाछापको बर्चश्व बढ्दै गएपछि सिद्धुमा अन्तिम नतिजा कुर्ने धैर्यता समेत रहेन। उनले प्रारम्भिक नतिजा आइरहँदानै पत्रकार सम्मेलन गरेर खुसी बाँडे। पत्रकार सम्मेलन गर्दा उनले पूर्वी अमृतसरमा चुनाव जितिसकेका थिए।

पत्रकार सम्मेलनमा उनले अकाली दल र विजेपीले लुटेको पञ्जावको खजाना फिर्ता गराउने र पञ्जावको लुटिएको खुसी ल्याउने वाचा गरे। दिल्लीमा धमाकेदार प्रदर्शन गरेको आप पञ्जाव चुनावमा प्रतिपक्षी बन्ने दौडमा छ। सिद्धुले आपका प्रमुख अरविन्द केजरीवालाको नियतमा खोट भएकाले हारेको प्रतिकृया दिए।

पञ्जावको १७२ सिटमा कांग्रेस ७२, आप ३४ र अकाली दल र भाजपाको गठबन्धनले १९ सिट पाएको छ।
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell