PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

मुजफ्फरपुरको चट्याङले भारतबाट आयातित विद्युत अवरुद्ध, वर्षाका कारण काठमाडौँमा लोडसेडिङ भएन



पहिलोपोस्ट

काठमाडौँ : भारतको मुजफ्फरपुरमा चट्याङको कारण बिजुली आयात अवरुद्ध भए पनि शुक्रबारदेखि परेको वर्षाले लोडसेडिङ हुन पाएन।
 
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार शुक्रबार राति १२ बजे चट्याङ लागेर मुजफ्फरपुर-ढल्केबर प्रशारण लाइन अवरुद्ध भएको हो। उक्त लाइनबाट १४५ मेगावाट बिजुली आयात हुँदै आएको छ।
 
ढल्केबर-खिम्ती प्रशारण लाइन मार्फत काठमाडौं समेत यो बिजुली ल्याइएको थियो। भारतबाट आयात रोकिए पनि शुक्रबारदेखि को वर्षाका कारण नेपालका सबै खोलानालामा पानी मात्रा बढेको कारण लोडसेडिङ भने हुन नपाएको अधिकारीले जानकारी दिए।
 
शुक्रबार झरी सुरु हुनेबित्तिकै भने धेरैतिर बिजुली अवरुद्ध भएको थियो। लामो समयको सुक्खापछि वर्षा हुँदा प्रसारण प्रणालीमा प्रयोग भएका इन्सुलेटरमा क्र्याक लगायत समस्या आउने गरेको अधिकारीको भनाइ छ।
 
यस्ता समस्याबाट दीर्घकालीन मुक्तिको लागि काठमाडौंको वितरण प्रणाली सुधारमा योजना बद्ध ढंगले अघि बढ्ने अधिकारीले जनाएका छन्। त्यसका लागि सुरुमा स्मार्ट मिटर/स्मार्ट ग्रीड लगायका सुधार कार्यक्रम लागू गर्ने उनले बताए।

मुजफ्फरपुर-ढल्केबर प्रशारण लाइन जतिसक्दो चाँडो मर्मत पूरा गरी बिजुली आपूर्ति नियमित गर्ने प्रवक्ता अधिकारीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell