PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

सप्तरी घटनाका मृतक पाँचै जनाको शवयात्रा



पहिलोपोस्ट

राजविराज (सप्तरी) : प्रहरीको गोली प्रहारबाट सप्तरीमा मृत्यु भएका पाँच जनाको आज शवयात्रा गरिएको छ। 

मृतक पाँचै जनाको पार्थीव शरीरमा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झा, सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र स्थानीय नेता तथा कार्यकर्ताले राजविराजको गजेन्द्रचौकमा भावपूर्ण श्रदाञ्जलि दिएका छन्। 

नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा गत सोमबार प्रहरी र मोर्चा कार्यकर्ताबीच भएको झडपमा प्रहरीले प्रहार गरिएको गोलीबाट सप्तरी मलेठ–२ का रञ्जन मेहता, मलेठ–४ का वीरेन्द्र महतो र पिताम्बर मण्डल, प्रसवनी गाविस टेङ्रीका आनन्द शाह तथा जमुनी–१ का इनरदेव यादवको मृत्यु भएको थियो। 

राजविराजको गजेन्द्र चौकबाट निकालिएको शवयात्रा हनुमाननगर सडक खण्डअन्तर्गत देउरी भरुवा, तोपा, मनसापुर, हनुमानगर, भारदह, बरमझिाया, कञ्चनपुर, रुपनी कल्याणपुर र कदमहा हुँदै सिरहाको लहानसम्म शवयात्रा निकालिएको मधेस राष्ट्रिय समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले जानकारी दिए। 

लहानमा श्रद्धाञ्जलि कार्यक्रमपछि शवयात्रा पुनः कदमहा, कल्याणपुर, शम्भुनाथ र रुपनी हुँदै राजविराजसम्म शवयात्रा निकालिएको थियो। त्यसपछि शव मृतकका परिवारलाई जिम्मा लगाई दाहासंस्कार गरिने मोर्चाले जनाएको छ। 

मृतक पाँच जनामध्ये एक जनाको घटनास्थलमै र चार जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell