
काठमाडौंमा: काठमाडौंमा नयाँ मल्टिप्लेक्स फिल्म हल बीएसआर संचालनमा आएको छ। शुक्रबारदेखि गोंगबुस्थित बीजी मलमा थिएटरको औपचारिक सुरुवात भएको हो।
निर्देशक एवं अभिनेता नीर शाहले हलको शुभारम्भ गरेका हुन्।
बीएसआरमा १ सय ५० र १ सय ४० गरि दुई अलग अडिटोरियम छन्। बीजी मलको पाँचौं र छैठौं तलामा संचालित मल्टिप्लेक्समा नेपालमै पहिलोपटक अटमस ध्वनी प्रविधि जडान गरिएको छ। फिल द थ्रील, फिल एभ्री डाइमेन्सन नारा सहितको हलका संचालकले शुभारम्भ कार्यक्रममा भने, ‘पर्दाको जुन दिशामा जस्तो वस्तु देखिन्छ, सोही दिशामा दर्शकले आवाज महसुस गर्न सक्नेछन्।’
मूभिज अध्यक्ष राजु गिरीले दर्शकले सुविधासम्पन्न वातावरण र प्रविधिमा सिनेमा मज्जा लिन सक्ने बताए।
आउँदो वर्ष ठमेलमा स्थापना हुन लागेको क्यूएफएक्सको नयाँ मल्टिप्लेक्स छायाँले पनि अटमस ध्वनी प्रविधि जडान गर्ने भएको छ ।