काठमाडौं : आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पाँचौ चरणको पहिलो खेलमा नेपाल घरेलु मैदानमै केन्यासँग ५ विकेटले पराजित भयो।
यो हारसँगै ८ टोली सम्मिलित च्याम्पियनसिपमा शीर्ष चारमा पर्दै वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट हुने नेपाललको सम्भावना कठिन बनेको छ। नेपालले केन्यासँगै कीर्तिपरस्थित त्रिवि मैदानमा सोमवार दोस्रो खेल खेल्दैछ।
केन्यासँग हारेपछि नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र कोच जगत टमाटाले औल्याएका तीन कारण
वर्षा
शुक्रबारदेखि सुरु भएको वर्षा शनिबार पनि निरन्तर हुँदा नेपाल र केन्याबीच पुरा ५० ओभरको खेल हुन सकेन।
कप्तान ज्ञानेन्द्र मल्ल र कोच जगट टमाटाले वर्षा हुनु र पुरै ओभर खेल्न नपानु पनि हारको कारण रहेको बताए। 'पानी परेको बेला र ओभर घट्दा टस जहिले पनि भाइटल नै हुन्छ। त्यसको असर देखियो।' ज्ञानेन्द्रले भने।
टस
ज्ञानेन्द्र र टमाटाले टस हार्नुले पनि नेपाललाई घाटा पुगेको बताए। 'पानि परेको बेला टस जहिल्यै महत्वपूर्ण हुन्छ। हामीले टस हार्यौ र पहिले ब्याटिङ गर्नुपर्यो। राम्रो स्कोर हुन सकेन।' ज्ञानेन्द्रले भने।
कोच टमाटाले नेपालले कम स्कोर गरेको बताए। 'पहिले ब्याटिङ गरेपनि १६० रन स्कोर गर्न सकेको भए राम्रो हुन्थ्यो।'
नचलेको ब्याटिङ
नेपालको ब्याटिङ अर्डर पनि चल्न सकेन। कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्लले सर्वाधिक २७ रन बनाएपनि अन्य खेलाडीले २० रन पुरा गर्न सकेनन्।
'हाम्रो मिडल अर्डर ब्याटिङ चल्न सकेन। कुनै पनि पार्टनरसिप राम्रो भएन त्यो हाम्रो लागि मुख्य सेटब्याक रह्यो।' ज्ञानेन्द्रले भने। बलरहरुले पनि राम्रो फाइटब्याक गरेको हो। मेरो विचारमा ब्याट्सम्यानहरुले अब स्टेपअफ गर्नुपर्छ राम्रो क्रिकेट खेल्ने हो भने।'
कोच टमाटाले केन्यालाई टार्गेट अली बढी दिन सकेको भए डिफेन्ड सकिने बताए।
यस्तै टमाटाले पनि पार्टनरसिन हुन सकेको स्वीकारे। पहिलो खेलमा देखिएको कमजोरीलाई अर्को खेलमा सुधार गर्ने टमाटाले बताए।
यस्तै कप्तान पारस नभएपनि डेब्यु गरेको दीपेन्द्रले राम्रो गरेको उनको भनाई छ। 'पहिलो खेल भएपनि दीपेन्द्रले एक्सलेन्ट ब्याटिङ गरे तर अरु खेलाडीहरु ब्याटिङमा चल्न सकेनन्।'