PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

न्युडायमण्ड र एपीएफ दिदीबहिनी कप भलिबलबको उपाधिका लागि भिड्ने



पहिलोपोस्ट

कुश्मा : पर्वतमा जारी प्रथम दिदीबहिनी कप राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिताको उपाधिका लागि काठमाडौंको न्युडायमण्ड एकेडेमी र सशस्त्र प्रहरी बलको एपीएफ भिड्ने भएका छन्।

शनिबार भएको पहिलो सेमिफाइनलमा एपीएफले नेपाल आर्मी क्लबलाई २५–११, २५–१५ र २५–१८ को सोझो सेटमा हराउादै फाइनलको यात्रा तय गर्‌यो।

दोस्रो सेमिफाइनलमा न्युडायमण्डले नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै चिरपरिचत प्रतिद्वन्दि एपीएफसँगको उपाधि भिडन्त पक्का गरेको हो।
न्युडायमण्डले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट भनेपुलिसले २७–२५ आफ्नो पक्षमा पारेपछि खेल निकै रोमाञ्चक बन्यो। तर
त्यसपछि न्युडायमण्डले तेस्रो र चौथो सेट क्रमशः २५–१५ र २५–२३ ले आफ्नो पक्षमा पार्दै फाइनलको यात्रा सुनिश्चित गर्‌यो। 

तेस्रो स्थानको लागि आर्मी र पुलिसबिच भएको खेल भने वर्षाका कारण स्थगित भयो। पुलिसले पहिलो सेटमा जित हात पार्दै अग्रता लिएको थियो। तर दोस्रो सेट १६–१६ हुँदा लगातार वर्षा भएपछि प्राविधिकले खेल स्थगन भएको जानकारी गराए।

प्रतियोगीताको विजेताले १ लाख र उपविजेताले ६० हजार प्राप्त गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell