PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

भाइराजा स्मृति क्रिकेट प्रतियोगिताको उपाधि रोयल स्पोर्ट्स क्लबलाई



पहिलोपोस्ट

नेपालजन्ग : भाइराजा स्मृति क्रिकेटको उपाधि रोयल स्पोर्ट्स क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा टाइगर स्पोर्ट्स क्लबलाई ७ विकेटले हराउँदै रोयल स्पोर्ट्स क्लबले उपाधि जितेको हो।

१२१ रनको लक्ष्य रोयल स्पोर्ट्स क्लबले १७.१ ओभरमा पुरा गरेको हो। रोयलका लागि अफाक शेखले अविजित ३०, कप्तान सुवेन्दु पाण्डेले ३५, तथा प्रेम तामाङ्गले १७ रनको योगदान दिए। टाइगरका लागि सिद्दान्त राज शाहीले २ तथा अविनाष बोहरा र विक्रम भुसालले १/१ विकेट लिए।

पहिले ब्याटिङ गरेको टाइगरले १८.३ ओभर सम्पुर्ण विकेट गुमाउँदै १२० रन बनायो। टाइगरका लागि ओपनर तथा कप्तान समेत रहेका महेश क्षेत्रीले ३७, प्रज्वल शाहीले ३२ र अनुपम सिहं तथा योगेन्द्र सिंह कार्कीले समान १६ रन बनाए।

रोयलका लागि राष्ट्रिय खेलाडी समेत रहेका कृष्ण कार्कीले उत्कृष्ट बलिङ्ग गर्दै ४ विकेट तथा रिजवान अन्सारीले ३ विकेट लिए।
फाइनल खेलका म्यान अफ द म्याच रोयलका कृष्ण कार्की घोषित भए।

विजेता टोली रोयल स्पोर्ट्स क्लबले ट्रफिसहित नगर ५१ हजार हात पार्‌यो भने उपविजेता टाइगरले २५ हजारमा चित्त बुझायो। प्रतियोगिताको उत्कृष्ट खेलाडी अमर सिंह रौटेला घोषित भए। उनले नगद ७ हजार हात पारे।

यस्तै उत्कृष्ट ब्याट्म्यान मनोज यादव र उत्कृष्ट बलर कृष्ण कार्की घोषित भए। उनीहरुले ५/५ हजार नगद पुरस्कार प्राप्त गरे।

फागुन २१ गतेदेखि सुरु भएको स्व. रणेन्द्र बहादुर हमाल भाइराज स्मृति क्रिकेट प्रतियोगितामा सांसद मैकुलाल बाल्मिकीको सांसदीय कोषको सहयोगमा आयोजना भएको हो।

स्व.रणेन्द्र बहादुर हमालकी धर्म पत्नी उत्तम हमाल, रोष्ट्रीय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमाल, राष्ट्रिय खेलकुद परिषदका केन्द्रिय सदस्य विनोद मैनाली, बांके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा, युवा नेता प्रशान्त विष्ट तथा प्रतियोगिता संचालक समितिका संयोजक सुनिल सिंह हमालले विजेताहरुलाई पुरस्कार वितरण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell