PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

राजधानीमा होलीको उल्लास, हेर्नुस् १५ फोटोमा

राजधानीमा होलीको उल्लास, हेर्नुस् १५ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ  : वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्‍भावनाको सन्देश लिएर आउने फागु पर्व (होली) आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेलेर मनाइँदैछ। आज देशभरि नै विभिन्न संघ संस्था तथा व्यक्तिगत रुपमा पनि मानिसहरु समूहमा होली खेलेर रमाइलो गरिरहेका छन्। 

ट्राफिक प्रहरीले आइतबार उपत्यकाभित्र मनाइने फागुपूर्णिमा (होली) का लागि ट्राफिक व्यवस्था कडा बनाएको छ। प्रहरीले होलीका दिनमा हुने अवाञ्छित गतिविधिलाई निगरानी गरेको देखिन्छ।

देशमा पछिल्लो समय भएका विभिन्न राजनीतिक घटना तथा दुर्घटनाले गर्दा यस वर्ष पनि होलीको उत्साहमा केही कमी आएको महसुस गर्न सकिन्छ। 

उपत्यकामा आज बिहानैदेखि सवारीसाधन पातलो देखिएका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell