PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

ध्वनि प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणमा



पहिलोपोस्ट

पोखरा : जिल्ला ट्राफिक कार्यालय कास्कीले ध्वनि परिवर्तन गरी प्रदूषण र क्रस फायर गर्ने ५२ बुलेट मोटरसाइकल आज नियन्त्रणमा लिएको छ। 

कार्यालयले ती मोटरसाइकलका चालकलाई नियमानुसार अधिकतम कारबाही गरी मोटरसाइकलको ध्वनिलाई पहिलाकै स्वरुपमा ल्याई अब उप्रान्त त्यस्तो नगर्ने सर्तमा छाडिएको कार्यालयका प्रमुख विश्वराज अधिकारीले जानकारी दिए। 

यस्तै कार्यालयले विभिन्न मोटरसाइकल वर्कसपका ५५ मिस्त्रीलाई सवारीसाधनमा ध्वनि परिवर्तन गर्न नहुने र यदि गरेको पाइएमा कानुनअनुसार सार्वजनिक मुद्दासमेत चलाइने चेतावनी पनि दिएको बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell