PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

सदनबाटै मुलुकलाई समाधान दिनुपर्छ : नेता रिजाल



पहिलोपोस्ट

सदनबाटै मुलुकलाई समाधान दिनुपर्छ : नेता रिजाल

म्याग्दी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले मुलुकलाई संसद्बाटै समाधान दिनुपर्ने बताएका छन्। 

नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता रिजालले मधेस केन्द्रित दलले हठ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दम्भ नत्यागेसम्म मुलुकले निकास नपाउने विचार व्यक्त गर्दै एमालेले संविधान संशोधन नमान्ने र मधेस केन्द्रित दलले हाल निर्वाचन नमान्ने अवस्था रहेकाले दलबीचको सम्झौताले मात्रै वर्तमान समस्याको हल हुन सक्ने बताए। 

नेता रिजालले संविधान जारी गर्दा नै तत्कालीन प्रमुख तीन राजनीतिक दलले मधेस केन्द्रितलगायत अन्य विभिन्न क्षेत्र र समुदायका जायज विषयलाई संविधान संशोधनमार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाइसकेको स्मरण गर्दै विगतको प्रतिबद्धताबाट कोही पनि पन्छिन नमिल्ने उनले बताए।
 
मधेस केन्द्रित दललाई संसद्बाटै आफ्ना माग सम्बोधन गराउन सुझाव दिँदै नयाँ निर्वाचनको जनमतअनुसार संविधानलाई थप परिमार्जन गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिँदै उनले कञ्चनपुर घटनामा भएको भारतीय कमजोरीलाई कूटनीतिक तवरबाटै ध्यानाकर्षण गराइएको जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell