PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

कट्रिनाको ठाउँ लिइन् करिना कपूरले, गरिन् चार खानको सम्मान



पहिलोपोस्ट

कट्रिनाको ठाउँ लिइन् करिना कपूरले, गरिन् चार खानको सम्मान

बलिउडको चर्चित अवार्ड कार्यक्रम 'जि सिने अवार्ड' मा अभिनेत्री करिना कपूरले चार खानलाई सम्मान हस्तान्तरण गरिन्। कलाकारितामार्फत बलिउड इन्डस्ट्री र विभिन्न सामाजिक कार्यमा योगदान पुर्‍याएको भन्दै सलमान खान, शाहरुख खान, आमिर खान र सैफ अलि खानलाई जि सिने अवार्डले आयोजकले सम्मान प्रदान गरेको हो।

करिनाले यी चारै कलाकारसँग रिल लाइफमा काम गरेकी छिन्। जसमध्ये सैफ उनको रियल लाइफ पति हुन्। उनले अवार्ड कार्यक्रमको दिन बजरङ्गी भाइजान, तशन, थ्री इडियटस र रावनको गीतहरुमा प्रस्तुति दिइन्। बलिउड हंगामाले जनाएअनुसार करिनालाई मनिस मल्होत्राले तयार गरेका हुन्। करिनाले सो कार्यक्रममा निभाएको भूमिकाका लागि मोटो रकम पाउने बताइएको छ।

शनिबार बेलुकी भएको अवार्ड कार्यक्रममा चार खानलाई सम्मान प्रदान गर्नेमा कट्रिना कैफको नाम सार्वजनिक भएको थियो। तर फिल्म जग्गा जासूसको सेटमा घाइते भएपछि उनको ठाउँ करिनाले लिएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell