PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

बाबुरामले भने- एनसेलबारे मन्त्रिपरिषद् निर्णय भ्रष्टाचार मात्र हैन राष्ट्रघात हो



पहिलोपोस्ट

बाबुरामले भने- एनसेलबारे मन्त्रिपरिषद् निर्णय भ्रष्टाचार मात्र हैन राष्ट्रघात हो

काठमाडौँ : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले एनलेस बिक्री प्रकरणमा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई भ्रष्टाचार मात्र नभएर राष्ट्रघात भएको बताएका छन्।

भट्टराईले आज विज्ञप्ति जारी गरी विदेशी लगानीको दूरसञ्चार कम्पनीको बिक्रीमा लाग्ने पूँजीगत लाभकर नउठाउने प्रपन्चमा भएको मन्त्रिपरिषद् निर्णयलाई राष्ट्रघात भनेका हुन्। 

'एउटा कर अधिकृत (शाखा अधिकृत स्तर) ले गर्नुपर्ने निर्णय अधिकार खोसेर मन्त्रीपरिषद्‍मा ठाडो प्रस्ताव लगी निर्णय गराउनु भ्रष्टाचारजन्य अपराध र निर्लज्जताको पराकाष्ठा हो, भट्टराईले विज्ञप्तिमा भनेका छन्, 'एनसेल, बेचबिखन हुँदा सिङ्गो राज्य संयन्त्र कर छलीमै सघाउ पुर्‍याउने गरी लाग्नु भ्रष्टाचार मात्रै हैन, यो राष्ट्रघात हो।'

उनले एउटा गरीब किसानले आफ्नो मेहनत र पसिनाबाट जोडेको कुनै घर खेतसमेत बिक्री गर्दा पूँजीगत लाभकर तिर्नुपर्ने र हरेक मालपोत कार्यालयले सुरुमा किन्दा र बिक्री हुँदाबीच फरक भएको रकममा निश्चित प्रतिशतले लाभकर उठाउने गरेकोमा त्यही प्रकृतिको सोही प्रकृतिको सम्पत्तिमा एनसेललाई छुटदिनु देखादेख भएको भ्रष्टाचार भएको बताएका छन्। 'अर्बौं नाफा गर्ने कम्पनीलाई कर उन्मुक्ति दिने प्रपञ्च गम्भीर नीतिगत अपराध हो' भट्टराईले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell