PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

स्थानीय तह निर्वाचन : झापामा १५ मुख्य केन्द्र



पहिलोपोस्ट

स्थानीय तह निर्वाचन : झापामा १५ मुख्य केन्द्र

बनियानी (झापा) : आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा भएका १५ स्थानीय तहमा सबैमा मुख्य निर्वाचन केन्द्र तोकिएको छ ।

निर्वाचन अधिकारी गोपाल आचार्यका अनुसार जिल्लाका आठ नगरपालिका र सात गाउँपालिकामा निर्वाचन केन्द्र तोकिएको हो, जसमा एक सय ३१ वटा वडा रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ। 

ती केन्द्रमध्ये नगरपालिकामा मेचीनगर, दमक, भद्रपुर, बिर्तामोड, शनिअर्जुन, कनकाई, शिवसताक्षी र गौरादह केन्द्र हुने छन्। त्यस्तै गाउँपालिकामध्ये कमल गाउँपालिकामा तोपगाछी र गौरीगन्ज केन्द्र, बारदशीमा चकचकी, झापा गाउँपालिकामा टाँघनडुब्बा, बुद्धशान्ति गाउँपालिकामा बुधबारे, हल्दिबारी गाउँपालिकामा जलथल र कचनकवल गाउँपालिकामा बनियानी गाविस केन्द्र तोकिएको कार्यालयले जनाएको छ। 

गत संविधानसभा निर्वाचन जिल्लामा चार लाख ५४ हजार चार सय ७६ मतदाता, दुई सय ७६ निर्वाचनस्थल र सात सय ५५ निर्वाचन केन्द्र थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell