PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

जुफाल विमानस्थलमै थन्कियो मकालु जहाज



पहिलोपोस्ट

दुनै (डोल्पा) : मकालु एयरलायन्सको नौ एन–एजेजीको एक इन्जिन भएको जहाज एक सातादेखि जुफाल विमानस्थलमै थन्किएको छ। 

नेपालगन्जदेखि डोल्पाको जुफाल विमानस्थलमा अवतरण गरेर फर्कन तयार हुँदा जहाजको ब्याट्रीमा समस्या उत्पन्न भएर इन्जिन चालु नभएपछि विमानस्थलमै रोकिएको मकालु एयरलाइन्सका डोल्पा स्टेसन प्रमुख प्रताप शाहीले बताए। 

एयरलाइन्स व्यवस्थापनका राज श्रेष्ठको भनाइलाई उद्धृत गर्दै शाहीले भने, 'म आएर जहाज जाँच गर्दा ब्याट्रीमा खराबी आएको रहेछ, नयाँ ब्याट्री साटेर मात्र उडान गराउन सकिन्छ।'  

हिमपातले अवरुद्ध विमानस्थल पुनःसञ्चालन हुनेबित्तिकै नयाँ ब्याट्री अमेरिकाबाट मगाइसकिएकाले नेपालगन्जबाट नयाँ ब्याट्रीसहित टोली आएर साटेपछि जहाजलाई उडान गर्न सकिने स्टेसन प्रमुख शाहीको भनाइ छ। जहाजको ब्याट्री मात्रै रु तीन लाख पर्ने बताइएको छ। 

जहाज एक सातासम्म विमानस्थलमै थन्किएपछि लाखौँ नोक्सान भएको एयरलायन्सले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell