
फिल्म 'बद्रीनाथकी दुल्हनिया'ले प्रदर्शनको सुरुवात देखिनै आक्रमक व्यापार गरेको छ। बरुण धवन र आलिया भट्ट स्टारर फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबार बाह्र करोड पच्चिस लाखको बक्स अफिस कलेक्शन गरेको थियो।
त्यस्तै दोस्रो दिन शनिबार फिल्मको कलेक्शन २०% ले बढ्यो। शनिबार मात्र फिल्मले १४ करोड पचहत्तर लाख उठाएको छ।
फिल्म बिक्रेता एवं समिक्षक तरण आदर्शले ट्विटर मार्फत फिल्मको ग्रसर अमाउन्ट सार्वजनिक गरेका हुन्। २७ करोड हाराहारीको सो व्यापार इन्डियामा मात्र भएको हो।
सशाङ्क खैतानको निर्देशनमा बनेको फिल्म सन् २०१४ को फिल्म ‘हम्प्टी शर्माकी दुल्हनिया’को सिक्वेल फिल्म हो। होली बिदा टार्गेट गरेर सार्वजनिक फिल्मको सुरुवाती व्यापारले बक्स अफिसमा फिल्मको राम्रो भविष्य संकेत गरेको छ।