PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मलेसिया उडान गर्ने विमान कम्पनीबीच चर्को प्रतिस्पर्धा, हिमालयको भाडा मात्रै २५ हजार रुपैयाँ



उमेश पौडेल

मलेसिया उडान गर्ने विमान कम्पनीबीच चर्को प्रतिस्पर्धा, हिमालयको भाडा मात्रै २५ हजार रुपैयाँ

काठमाडौं : साढे सात लाख नेपाली रहेको मलेसियामा विमान कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ।नेपाल र मलेसियाबीच प्रत्यक्ष उडान गर्ने कम्पनी ६ वटा पुगेपछि प्रतिस्पर्धा चर्को भएको हो।

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम,मालिन्दो,एयर एसिया,हिमालय एयरलाइन्स,रिजेन्ट एयरवेज र मलेसियन एयरलाइन्सले मलेसिया उडान गरिरहेका छन्।विमान कम्पनी थपिएपछि हवार्इ भाडामा समेत प्रतिस्पर्धा भएको छ जसले सस्तोमा यात्रा गर्ने वातावरण बनेको छ।पछिल्लो पटक नेपाल र चीनको संयुक्त लगानीमा हिमालय एयरलाइन्सले मलेसिया उडान थालेपछि हवार्इ भाडा सस्तो भएको हो।


यो कम्पनीले मलेसियाको दुर्इतर्फी उडानको भाडा २५ हजार रुपैयाँ तोकेको छ।कम्पनील एकतर्फी भाडा १४ हजार रुपैयाँ तोकेको छ।एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले प्रमोशनल फेयर अन्तर्गत सस्तो भाडादर कायम गरेको बताए।

कम्पनीको एयर फेयरले अरु कम्पनीलार्इ समेत भाडा घटाउन दबाब परेको छ।मलेसियामा अधिकांश वैदेशिक रोजगारीमा जान्छन्।अहिलेपनि एयरलाइन्सले भाडादर कम गरेपनि म्यानपावर कम्पनीले कमिशन लिँदा भाडादर महँगो हुने गरेको छ।


नेपाल उडान गरेका बजेट एयरलाइन्सको भाडादर अरु एयरलाइन्सको भन्दा महँगो पर्छ।एक महिनाअघिनै ट्राभल एजेन्सीले टिकट होल्ड गरेर राख्ने र अन्तिम समयमा महँगो मूल्यमा बिक्री गर्दा वैदेशिक रोजगारीमा जाने नेपालीले महँगो टिकट किन्नुपर्ने बाध्यता थियो।तर अहिले भने विमान कम्पनी थपिएपछि भाडादर सस्तो हुन थालेको छ।


मलेसियाको बजेट एयरलाइन्स मालिन्दोले एकतर्फीको १६ हजार एकसय रुपैयाँ लिने गरेको छ भने राउन्ड ट्रिपका लागि ३२ हजार रुपैयाँ लिने गरेको छ।नेपाल वायुसेवा निगमको १९ हजार रुपैयाँबाट मलेसियाको राउण्ड ट्रिपका लागि टिकट पाइन्छ।


निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले  शुक्रबार सस्तो टिकट योजना ल्याएको बताए।मलेसिया जाने यात्रुको चाप बढी भएकोले भाडा महँगो रहेको बजेट एयरलाइन्सको नेपालको जनरल सेल्स एजेन्ट(जिएसए) इन्सेटिभ ग्रुपका प्रवक्ता विनय देवकोटाले बताए।


सबैभन्दा महँगो मलेसियन एयरलाइन्सको छ।यो कम्पनीको दुर्इतर्फी भाडा ४३ हजार रुपैयाँ छ।क्याथे ड्रागनले मलेसिया उडान गर्ने भनेपनि भिसा कडार्इका कारण तत्कालका लागि रोकिएको छ।हङकङमा नेपालीका लागि भिसामा कडाइ भएका कारण मलेसिया उडान गर्न नसकिएको क्याथे ड्रागनकी नेपाल प्रमुख केरी लुईले बताईन्। 
 

 
किन बढ्दैछ गन्तव्य मलेसिया
नेपालीका लागि मलेसिया मुख्य श्रम गन्तव्य हो। मलेसियामा करिब साढे सातलाखको हाराहारीमा नेपाली श्रमका लागि गएका छन्। मलेसियामा नेपालको जस्तै हावापानी भएकोले नेपालीको आकर्षण थियो।

तर पछिल्लो समयमा विभिन्न शुल्क लिने गरेकोले मलेसिया जाने संख्या भने घटेको छ।तर सरकारी तथा निजी क्षेत्रमा रोजगार गर्ने उच्च पदस्थ मलेसिया घुम्न जाने गरेकोले मलेसियामा विमान थपिएको हुनसक्ने पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुदन सुवेदी बताउँछन्। हिमालय एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले भने दुर्इ देशबीचको पर्यटन प्रवर्द्धनका लागि मलेसिया उडान थालेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell