PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

होली मनाउने क्रममा जथाभावी लोला हान्ने दुई सयभन्दा बढी पक्राउ



पहिलोपोस्ट

काठमाडौं : जथाभावी लोला फ्याँक्ने, सार्वजनिक ठाउँमा होहल्ला गर्ने र मादक पदार्थ सेवन गर्ने २ सय १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
होली पर्वको अवसरमा यस्ता गतिविधिमा लागेका र झैझगडामा संलग्न उनीहरु काठमाडौंको विभिन्न स्थानबाट समातिएका हुन्। होलीलाई मर्यादित बनाउन र शान्ति सुव्यवस्था कायम राख्न उनीहरुलाई नियन्त्रणमा लिनुपरेको महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले बताए। अहिलेसम्मम काठमाडौंमा होलीलाई लिएर कुनै ठूला घटना नभएको पनि उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell