PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

दिदीबहिनी कप महिला भलिबलको उपाधि न्यूडायमण्डलाई



पहिलोपोस्ट

दिदीबहिनी कप महिला भलिबलको उपाधि न्यूडायमण्डलाई

कुश्मा : न्यूडायमण्ड एकेडेमीले प्रथम दिदीबहिनी कप महिला राष्ट्रिय स्तरको भलिबल प्रतियोगितामा उपाधि जितेको छ।

आइतबार सम्पन्न फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्दी सशस्त्र प्रहरी बलको एपीएफलाई ३–१  को सेटमा पराजित गर्दै न्यूडायमण्ड च्याम्पियन बनेको हो।

पहिलो सेट गुमाएपनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै न्यूडायमण्डले यस वर्ष चौथो पटक महिला भलिबलको उपाधि जितेको हो। न्यूडायमण्डले तीन पटक फाइनलमा एपीएफलाई हराएको थियो भने  एक पटक नेपाल पुलिसलाई पराजित गरेको थियो।

उपाधि भिडन्तमा विभागिय टोली एपीएफले पहिलो सेट २५–२१ ले जित्दै १-० को अग्रता बनाएपनि त्यसलाई निरन्तरता दिन सकेन।

न्यूडायमण्डले दोस्रो सेट २५–२२ ले जित्दै १ –१ को बरारी गर्यो। तयसपछि हौसिएको डायमण्डले तेस्रो र चौथो सेट क्रमशः २५–२० र २५–२० ले जित्यो।

न्यूडायमण्डकी कप्तान ललिता नाथले टिम स्प्रीटका कारण खेल सहजै जित्न सफल भएको बताइन्। एपीएफकी कप्तान विनीता बुढाथोकीले आफ्नो एक महत्वपुर्ण खेलाडी अभाव रहदा टिम सेट नहुनु नै हारको कारण बनेको प्रतिक्रिया दिइन्।

न्यूडायमण्डले साबित्री कञ्चन जंगा अगरवत्ति उद्योगले प्रायोजन गरेको प्रथम पुरस्कार नगद १ लाख र ट्रफी हात पार्‌यो।

उपविजेतामो एपीएफले ६० हजार र ट्रफी प्राप्त गर्यो। दोस्रोको नगद पुरस्कार नेपाल सामान ढुवानी ब्यवसायी संघले प्रायोजन गरेको थियो।

तेस्रो स्थानको लागि भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो। खेलमा पुलिसले २५–१७,२६–२४ र २५–१९ ले वियजी भयो। तेस्रो भएको पुलिसले नगद ३० हजार र ट्रफी पायो। तेस्रो नगद पुरस्कार पर्वत क्लब हङकङले प्रायोजन गरेको हो।

प्रतियोगितामा न्यू डायमण्डकी प्रतिभा माली सर्बोत्कृष्ट खेलाडी घोषित भइन्। प्रतिभाले नगद ५ हजार र ट्रफी हात पारिन्।

यस्तै विधागत उत्कृष्टतर्फ न्यू डायमण्डकी ललिता नाथ बेस्ट क्विकर, एपीएफकी सरस्वती चौधरी बेस्ट स्पाइकर, एपीएफकै रेश्मा भण्डारी बेस्ट सर्भर, पुलिसकी कोपीला उप्रेती बेस्ट ब्लकर, पुलिसकै कमला पुन बेस्ट डिफेन्स र आर्मीकी जानकी भण्डारी बेस्ट लिफ्टर घोषित भइन्।

न्यू डायमण्डलाई च्याम्पियन बनाएका कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट सबैले नगद तीन हजार र ट्रफी जिते ।

प्रतियोगिताको विजेता खेलाडीलाई रेडियो दिदीबहिनीकी अध्यक्ष एवम् सांसद कल्पना चापागाई, नेपाल भलिबल संघका उपाध्यक्ष यम बहादुर गुरुङ, पश्चिमाञ्चाल क्षेत्रिय भलिबल संघका कोषाध्यक्ष हरि बहादुर श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे।

होली पर्वको अवसरमा भएको समापन समारोहमा खेलाडीले दर्शकको भिडमाझ होली पनि मनाए।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell