PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

नेपालगन्ज गोल्डकप : मनाङलाई हराउँदै रुपन्देही–११ सेमिफाइनलमा



पहिलोपोस्ट

नेपालगन्ज : मनाङ मर्स्याङदीलाई हराउँदै रुपन्देही-११ नेपालगन्ज गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

एक गोलले पछि परेको स्थिती उल्टाउँदै रुपन्देहीले मनाङलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपनि ७५ औँ मिनेटमा सुशील लामाले गोल गर्दै मनाङलाई अग्रता दिलाए। तर मनाङले उक्त अग्रता कायम राख्न नसक्दा रुपन्देहीले उत्कृष्ट पुनरागमन गर्‌यो।

खेलको ८७ औं मिनेटमा रुपन्देहीका लागि उत्तम गुरुङले बराबरी गोल फर्काए भने त्यसको एक मिनेटपछि नै अमर डङ्गोलले रुपन्देहीङ्का लागि निर्णायक गोल गरे।

प्रतियोगिताअन्तर्गत भोलि पहिलो सेमिफाइनल खेल सिएमजी सङ्कटा क्लब र सुदूरपश्चिम–११ बीच हुनेछ। राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell