PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

क्रिकेट समर्थकले गरे त्रिवि मैदानमा सफाई, ७ फोटो

क्रिकेट समर्थकले गरे त्रिवि मैदानमा सफाई, ७ फोटो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल र केन्याबीच शनिबार भएको आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेलपछि नेपाली क्रिकेट सपोटर सोसाइटी एनसीएसएसले कीर्तिपुरस्थित त्रिवि मैदानमा सरसफाई गरेका छन्।

करिब १५ हजार भन्दा बढी दर्शक उपस्थित भएर शनिबार खेल हेरेका थिए।

त्यसक्रममा भएको जम्मा भएको फोहोरलाई एनसीएसएसको टोलीले आइतबार कीर्तिपुर पुगेर सफाइ गरेका हुन्।

पहिलो दिनको खेलपछि त्यहाँ करिब एक ट्रक फोहोर निस्केको एनसीएसएसका अध्यक्ष भानु सिग्देलले जानकारी दिए।

क्रिकेट समर्थक सोसाइटीले सरसफाइपछि फोहोरे आफैँ व्यवस्थापन गर्न र जभाभावी फोहोर नफाल्न समेत आग्रह गरेका छन्।
 


ट्रेन्डिङ पोस्ट

Ncell