PahiloPost

May 24, 2026 | १० जेठ २०८३

​ढल्यो फागुको चीर, फोटोमा हेर्नुस् राजधानीको होली

​ढल्यो फागुको चीर, फोटोमा हेर्नुस् राजधानीको होली

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : २२ फागुनमा विधिवत् रुपमा राजधानीको वसन्तपुर दरबार स्क्वायरमा ठड्याइएको रंगीविरंगी चीर आज साँझ सात बजे ढालिएको छ। चीर ठड्याएसँगै फागु (होली) सुरु हुने र चीर ढालेपछि सम्पन्न हुने पौराणिक मान्यता छ। फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर चीर ढालेपछि समाप्त हुन्छ। चीर ६:५३ को साइतमा ढालिएको हो। ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा पुर्‍याउने चलन छ। चीरको दहन सँगै होली सकिनेछ। 

चीर ठ्याउँदै गर्दाको फोटो।  

लोककथा अनुसार भगवान् कृष्णले यमुना नदीमा निर्वस्त्र नुहाइरहेका गोपिनीको कपडा चोरे। उनले रुखको हाँगामा कपडा झुन्ड्याई अर्को हाँगामा बसेर बाँसुरी बजाउन थाले। गोपिनीहरुले आफ्ना लुगा पाउन धेरै बिन्तीभाउ गर्दा पनि कृष्णले लुगा दिएनन्। उनले गोपिनीहरुलाई प्रायश्चित्त गर्न लगाए। गोपिनीहरुले कृष्णलाई जल चढाएर प्रायश्चित्त गरेपछि मात्र कपडा झारिदिए।
 
कृष्णको रासलीलाको स्मरणमा गोपिनीहरुको लुगाको प्रतीकको रुपमा अग्लो खम्बामा रंगीचंगी कपडा राख्ने गरिएको हो। नेपाल एकीकरणपछि यो चलन सुरु भएको संस्कृतिका ज्ञाताहरु बताउँछन्। हेर्नुस् इलिट जोशीले खिचेको चीर ढालेको फोटो। साथमा राजधानीमा मनाइएको होलीको फोटो-







 


ट्रेन्डिङ पोस्ट

Ncell